मेलम्ची खानेपाली आयोजनाको सुरुङमा पानी हाली परिक्षण

काठमाडौं
बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको मुख्य सुरुङमा परीक्षणका लागि आइतबार पानी हालिएको छ ।
आयोजनाको मुख्य सुरुङमा आइतबार विहान पानी हालिएको आयोजनाले जनाएको छ ।
काठमाडौँतर्फ पानी जाने सुरुङ बन्द गरेर आयोजनाको पहिलो अडिट मार्गबाट पानी परीक्षण गरिएको हो ।
हेलम्बु गाउँपालिका १ अम्बाथानमा रहेको मुहान क्षेत्रबाट केही तल रहेको पहिलो अडिटमार्गको सुरुङसम्म पानी हालेर परीक्षण गरिएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिएका छन् ।
मेलम्चीको मुख्य सुरुङमा पानी हालेर परीक्षण गरिएको र यसबारे विस्तृतमा अपराह्न मन्त्रालयमा हुने पत्रकार सम्मेलनमा जानकारी गराइने समेत बताइएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking
तपाईको कमेन्ट लेख्नुहोस्