Techie IT
  • २५ वैशाख २०८२, बिहीबार
Sajha Hub

काठमाण्डौ उपत्यकामा मात्रै ५४ जना सहित थपिए, १८० नयाँ कोरोना संक्रमित


काठमाण्डौ ।

पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा मात्र ५४ जना सहित देशैभर थप १८० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार काठमाडौंका २४, ललिपुरका २० र भक्तपुरका १० जना गरी उपत्यकाका ५४ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो समय काठमाडौंमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढ्न थालेको छ ।

नयाँ संक्रमित थपिएसँगै जम्मा संक्रमित संख्या १५ हजार ९६४ पुगेको छ । जसमध्ये ३५ जनाको मृत्यु भएको छ ।

त्यस्तै गरि २६४ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म कोरोना मुक्त हुने कुल संख्या ६ हजार ८११ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २५ प्रयोगशालाबाट ४ हजार ७२१ वटा स्वाब परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्