नेपाल एअरलाइन्सका ३ पाईलट र ४ कर्मचारीमा कोरोना संक्रमण

काठमाण्डौ –
नेपाल एअरलाइन्सका ३ जना पाईलट र ४ जना कर्मचारी गरि ७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
कोरोना भाईरस कोभिड १९ का कारण विभिन्न देशबाट नेपाली नागरिक उद्धार गर्ने क्रममा र कार्गो लिन जाने क्रममा ३ जना पाइलट र अन्य ४ जना कर्मचारीमा कोरोना पुष्टि भएको नेपाल एअरलाइन्सकी प्रवक्ता अर्चना खड्काले बताएका छन् ।
यसैबीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपाल सरकारले दिएको जिम्मेवारी पूरा गर्ने क्रममा नेपाल वायु सेवा निगमका चालक दलका केही सदस्यमा कोरोना पोजेटिभ देखिएकोमा दुःख व्यक्त गर्दै स्वास्थ्यलाभको कामना गरेका छन् ।
मन्त्री भट्टराईले आफ्नो ट्वीटर मार्फत सङ्कटकालीन अवस्थामा चालक दलले गरेको कामको उच्च प्रशंसा समेत गरेका छन् ।
संक्रमित सबै क्वारेण्टीनमा रहेको नेपाल एअरलाइन्सले जनाएको छ ।
लकडाउन खुकुलो बनेसँगै दिनहुँ जसो विभिन्न देशमा रहेका नेपालीहरुको उद्धार गरिएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking
तपाईको कमेन्ट लेख्नुहोस्