काठमाण्डौ उपत्यकामा २८ सहित २०४ जनामा थप कोरोना संक्रमण पुष्टि

काठमाण्डौ
मंगलबार काठमाण्डौ उपत्यकामा थप २८ जना सहित २०४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
विभिन्न २५ वटा प्रयोगशालामा भएको परीक्षणमा २ सय ४ जनामा कोरोना पुष्टि भएसँगै नेपालको सङ्क्रमितको कुल सङ्ख्या १६ हजार १ सय ६८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
मङ्गलबार काठमाण्डौका १४, ललितपुरका १० र भक्तपुरका ४ जनामा पनि सङ्क्रमण देखिएको छ । पछिल्लो समय काठमाण्डौ उपत्यकामा संक्रमित संख्या बढेको छ । अहिलेसम्म उपत्यकाभित्र ठेगाना राख्ने सङ्क्रमितको सङ्ख्या २ सय ६७ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । जसमा काठमाण्डौका १ सय ७५, ललितपुरका ४१ र भक्तपुरका ४३ जना सङ्क्रमित रहेका छन् ।
पीसीआर विधिबाट मङ्गलबार ६ हजार एक सय ३३ जनाको कोरोना परीक्षण भएको छ । आजसम्म २ लाख ६१ हजार आठ सय ६१ जनाको पीसीआर परीक्षण भएको मन्त्रालयले जनाएको छ । २५ हजार ७ सय २७ जना क्वारेण्टीनमा रहेका छन् । देशभरिका विभिन्न अस्पतालमा ८ हजार ६ सय ३४ जना सङ्क्रमित उपचारत रहेका छन् ।
मङ्गलबार ६ सय ८८ सहित आजसम्म ७ हजार ४ सय ९९ जना सङ्क्रमित निको भएर घर फर्किएका मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् । साथै पछिल्लो समय सङ्क्रमणको दर घटेको र निको भएर घर फर्किनेको सङ्ख्या समेत बढेको बताएका छन् ।
त्यस्तै तेह्रथुम, भोजपुर, सोलुखुम्बु र हुम्ला जिल्ला भने कोरोना कोरोनामुक्त भएका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking
तपाईको कमेन्ट लेख्नुहोस्