नेपाल प्रहरीको २८ औं महानिरीक्षक (आइजिपी)मा शैलेश थापा क्षेत्री नियुक्त

काठमाण्डौ
नेपाल प्रहरीको महानिरीक्षक (आइजिपी) मा शैलेश थापा क्षेत्री नियुक्त भएका छन् ।
२८ औं आइजिपीको रुपमा मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले शैलेश थापा क्षेत्रीलाई नियुक्त गरेको हो ।
हालका महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीको ३० वर्षे सेवा अवधि सकिएपछि बुधबार अवकाश लिएपछि थापाले बिहीबारदेखि संगठन सम्हाल्नेछन् ।
२०४९ साल वैशाख १९ गते प्रहरी सेवामा प्रवेश गरेका थापाले २०७९ साल वैशाख १९ गतेसम्म संगठनको नेतृत्व सम्हाल्ने छन् ।
प्रहरी तालिम केन्द्र र हेडक्वाटरमा लामो समय बसेर संगठनलाई कसरी सुधार गर्न सकिन्छ भनेर रणनीति बनाउने अधिकारीहरूमध्ये एक, थापाले कास्की, झापा लगायतका जिल्लामा कमाण्ड सम्हालेका थिए ।
वि.स २०२५ मंसिर २३ मा भक्तपुरको कटुन्जेमा जन्मिएका थापा २०४९ वैशाख १९ गते प्रहरी निरीक्षक (इन्स्पेक्टर)बाट प्रहरी सेवामा प्रवेश गरेका थिए। संयुक्त राष्ट्रसंघको शान्ति सेनाका रुपमा बोस्निया हर्जगोभिया, पूर्वी तमोर र डार्फर सुडानमा पनि काम गरेको अनुभव थापासँग रहेको छ ।
क्याटेगोरी : समाचार, सुरक्षा
ट्याग : #breaking
तपाईको कमेन्ट लेख्नुहोस्