कोरोनालाई सामान्य रुपमा लिएका ब्राजिलका राष्ट्रपतिलाई समेत कोरोना पुष्टि

काठमाडौं ।
ब्राजिलका राष्ट्रपति जाएर बोलसोनारोमा पनि कोरोना भाइरस (कोभिड–१९)संक्रमण भएको पुष्टि भएको छ ।
बोलसोनारोमा कोरोना पोजेटिभ पाइएको बीबीसीले जनाएको छ । उनमा उच्च ज्वरोलगायतका कोरोना संक्रमणका लक्षण देखिएपछि सोमबार चौथो पटक स्वास्थ्य परीक्षण गरिएको थियो ।
कोरोनालाई ‘सामान्य फ्लु’ भन्दै संक्रमण फैलिन नदिन गरिने लकडाउनको पनि विरोध गर्दै आएका राष्ट्रपति बोलसोनारोले कोरोना महामारीलाई सुरुदेखि नै हल्का रुपमा लिँदै आएका थिए ।
उनले केहि सार्वजनिक स्थानमा जाँदा मास्क नलगाउने र सामाजिक दुरी कायम नगर्ने देखिएको थियो ।
कोरोनाबाट सावधानी नअपनाईएकाले अहिले ब्राजिल सबैभन्दा बढी प्रभावित देशको सूचीमा अमेरिकापछि दोस्रो स्थानमा रहेको छ ।
जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार ब्राजिलमा १६ लाख ६८ हजारभन्दा धेरै व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमणबाटै ब्राजिलमा ६६ हजार ७ सय ४१ जनाको मृत्यु भइसकेको छ ।
क्याटेगोरी : अन्तरास्ट्रिय, समाचार
ट्याग : #breaking
तपाईको कमेन्ट लेख्नुहोस्