Techie IT
  • २२ वैशाख २०८२, सोमबार
Sajha Hub

काठमाण्डौ उपत्यकामा ५ सहित १ सय ८ जना थपिए नयाँ संक्रमित


काठमाडौं

काठमाण्डौ उपत्यकामा थप ५ जना सहित पछिल्लो २४ घन्टामा १ सय ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंमा थप ५ जनामा सँगै देशै भर १ सय ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
देशका विभिन्न २५ वटा प्रयोगशालामा ४ हजार ५ सय ८८ जनाको पिसिआर परीक्षण गर्दा उनीहरूको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।

यो सँगै संक्रमितको संख्या १६ हजार ५ सय ३१ पुगेको छ ।

संक्रमितमध्ये ७ हजार ८ सय ९१ जना उपचारपछि घर फर्किएका छन् । बिहीबारमात्र १ सय ३९ जना डिस्चार्ज भएका छन् ।

अहिले देशभरीका आइसोलेसनमा ८ हजार ६ सय ५ जना रहेका मध्ये प्रदेश नम्बर १ मा १ सय ९६, प्रदेश नम्बर २ मा २ हजार २४, बागमती प्रदेशमा ४ सय २९ र गण्डकी प्रदेशमा ८ सय ६२ जना, प्रदेश नम्बर ५ मा १ हजार ७ सय २७, कर्णाली प्रदेशमा ४ सय ५ र सुदूरपश्चिम प्रदेशमा २ हजार ९ सय ६२ जना संक्रमित आइसोलेसनमा उपचाररत रहेका छन् ।

अहिले सम्म कोरोना संक्रमणको कारण ३५ जनाको ज्यान गएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्