Techie IT
  • २५ वैशाख २०८२, बिहीबार
Sajha Hub

नेपालमा ठुलो भुकम्प आउने भन्दै अफवाह फैलाउने अर्जुन क्षेत्री फेरि ठगी आरोपमा पक्राउ


काठमाडौँ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सहसचिव हुँ भन्दै ठगी गर्ने र आफुलाई ज्योतिष समेत बताउने अर्जुन क्षेत्री पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालको टोली र काठमाडौं अपराध महाशाखाको टोलीले क्षत्रीसहित ३ जनालाई बिहीबार पक्राउ गरेको हो ।

आफूलाई अख्तियारको सहसचिव भन्दै ठगी गर्दै हिँडेको आरोपमा क्षत्रीलाई पक्राउ गरेर थप अनुसन्धान गरिरहेको बताइएको छ ।

यसअघि पनि नेपालमा ठूलो भूकम्प आउन सक्ने भन्दै अफवाह फैलाएको आरोपमा क्षेत्री पक्राउ परेका थिए ।

क्षेत्री सहितको टोलीले नेपाल विद्युत प्राधिकरणले खरिद गरेको जग्गामा घोटाला भयो भन्दै चार करोड मागेको र बार्गेनिङको क्रममा ५० लाखमा कुरा मिले पछि उक्त ५० लाख रुपैयाँ लिन जाँदा क्षत्रीसहित तीनजना अख्तियारको फन्दामा परेको बताइएको छ ।


क्याटेगोरी : अपराध, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्