काठमाण्डौ उपत्यकामा ४२ सहित थपिए ११८ नयाँ कोरोना संक्रमित

काठमाण्डौ
पछिल्लो २४ घण्टामा ११८ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । यसमध्ये काठमाडौँ उपत्यकाका मात्रै ४२ जना रहेका छन् ।
२४ घण्टामा २५ वटा प्रयोगशालाबाट ४ हजार ८०६ जनाको पीसीआर परीक्षण हुदाँ थप नयाँ संक्रमित पुष्टि भएका हुन् । नयाँ संक्रमित थपिएसँगै दशैभर कुल संक्रमित संख्या ८ हजार ६०३ पुगेको छ ।
त्यस्तै कूल ८ हजार ११ जना डिस्चार्ज हुदाँ, पछिल्लो २४ घण्टामा १२० जना डिस्चार्ज भएका छन् ।
यो संख्या कूल संक्रमितको ४८.१ प्रतिशत हो ।
अहिले क्वारेन्टिनमा २३ हजार ९१० जना रहेका छन् भने आइसोलेसनमा ८ हजार ६०३ रहेका छन् ।
त्यस्तै कोरोना संक्रमणको कारण ३५ जनाको मृत्यु भएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking
तपाईको कमेन्ट लेख्नुहोस्