अन्तत नेपालीसँग माफी माग्न बाध्य भए जी न्युजका प्रधान सम्पादक

काठमाण्डौ
भारतीय टेलिभिजन च्यानल जी न्युजका प्रधान सम्पादक सुधीर चौधरीले नेपालीहरुसँग माफी मागेका छन् ।
नेपाल र नेपाली बारेमा अनावश्यक प्रतिक्रिया दिएको साथै नेपाल विरोधी सामाग्री प्रशारणको नेपाली र भारतमा समेत व्यापक विरोध भएपछि आफ्नो ट्वीट मार्फत उनले नेपाली दर्शकहरु प्रति माफी माग्न बाध्य भएका हुन् ।
उनले आफ्नो ट्वीटमा ‘यस ट्वीटबाट हाम्रा नेपाली दर्शकलाई आहत भएको छ । यो मञ्च अभिव्यक्ति दिनका लागि हो कसैलाई आहत बनाउन होइन । यसैले म खेद व्यक्त गर्दै उक्त ट्वीट हटाउँदैछु,’ उनले लेखेका छन् ।
नेपालप्रति दिएको अभिव्यक्तिप्रति क्षमा माग्दै उनले नेपालमा भारतीय न्युज च्यानल बन्द गरेको खबर पाएपछि आवेशमा आएर अनावश्यक प्रतिक्रिया दिएको बताएका छन् ।
भारतीय टिभी च्यानलको प्रशारण बन्द गरिदिएपछि पत्रकार चौधरीले नेपालबारे विवादित ट्वीट लेखेका थिए । नेपालले भारतीय न्युज च्यानलको प्रसारण बन्द गरेको छ । यो देश त भारतका न्युज च्यानलका एंकरसँगै डरायो त । सेना त अघि त सर्नै परेन । उनले लेखेका थिए ।
त्यस्तै जी न्युजकै प्रान्तीय च्यानलले प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राजदूत होउ यान्छीको चरित्रहत्या गर्ने उद्देश्य स्वरुप भिडियो स्टोरी प्रशारण गरेपछि केही नेपाली डिटिएच र केबल अपरेटरहरुले भारतीय न्युज च्यानल प्रशारण बन्द गरेका थिए ।
क्याटेगोरी : अन्तरास्ट्रिय, समाचार
ट्याग : #breaking
तपाईको कमेन्ट लेख्नुहोस्