Techie IT
  • २२ वैशाख २०८२, सोमबार
Sajha Hub

(फिप्ना)ले लोपोन्मुख जाति राउटे साथै विपन्न वर्गमा राहत वितरण गर्दैै


काठमाण्डौ

नेपाल आदिवासी जनजाति महासंघ अमेरीका (फिप्ना) ले आफुलाई जंगलका राजा मान्ने नेपालको अति नै लोपोन्मुख अवस्थामा रहेको राउटे जातिका ५३ परिवारलाई राहत सामाग्री वितरण गरेको छ ।

जनजाति महासंघ दैलेख जिल्ला समन्वय समितिका अध्यक्ष खगेन्द्र पुन मगर साथै स्थानिस निकायहरुको समन्वयमा दैलेखमा रहेका राउटे जातिका सबै ५३ परिवारलाई  असार २५ गते राहत वितरण गरेको हो ।

त्यस्तै फिप्नाले सिराहाको कल्याणपुर नगरपालिका वडा.नं. १ का मुसर समुदायका ६० घरपरिवार लाई अषाढ २२ गते राहत सामाग्री वितरण गरेको छ । त्यस्तै, धनकुटाको लेउती कोरिडोरका ६५ मजदुर परिवारलाई अषाढ २६ गते, मकवानपुरको राक्सिराँङ गाउपालिका वडा नं. ५ मा अषाढ २६ गते राहत सामाग्री वितरण गरेको छ ।

त्यस्तै सुनसरीको मधुवन कोशी टप्पु, कोशी गाउपालिकाका ४० मजदुर परिवारहरूलाई अषाढ २९ गते र तमोर कोरीडोरका माँझी समुदायहरूलाई समेत खाद्यान्न राहत वितरण गरिने फिप्नाका महासचिव नरेन्द्र थापा मगरले जानकारी दिएका छन् ।

प्रति परिवारलाई २५ किलो चामाल, २ किलो दाल, १ लिटर तेल र १ प्याकेट नुनका दरले राहत वितरण गरिएको साथै, काठमाण्डौ उपत्यकामा प्रत्येक दिन ३०० जनालाई ८ दिन सम्म खाना वितरण गरीरहेको छ । भने उपत्यकामा रहेका घरबार विहिनहरूलाई २० वटा त्रिपाल समेत वितरण गरिएको छ ।

नेपाल आदिवासी जनजाति महासंघ अमेरीका (फिप्ना) को आर्थिक सहयोग, नेपाल आदिवासी जनजाति महासंघ संघीय परिषद् सचिवालय नेपाल, स्थानिय गाउँपालिका, स्थानिय संघसंस्थाहरू, नेफिन शाखाहरू, फोनिज केन्द्र तथा विभिन्न सामाजिक अभियन्ताहरूसंग सहकार्य गर्दै राहत वितरण गरिएको र अत्यन्तै विपन्न समुदाय र वर्गलाई सानो राहत दिन पाएकोमा खुशी व्यक्त गर्दै यो आफुहरुको दायित्व समेत भएको फिप्नाका अध्यक्ष लोक चेम्जोङले बताउनु भएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्