Techie IT
  • २२ वैशाख २०८२, सोमबार
Sajha Hub

पछिल्लो २४ घण्टामा ४३१ निको हुँदा, थप ७० जनामा नयाँ कोरोना संक्रमण पुष्टि


काठमाडौं
पछिल्लो २४ घण्टामा ४३१ जना कोरोना संक्रमित हुँदा थप ७० जनामा कोरोना भाइरस (कोभिड(१९)को संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ३ हजार ६४८ नमुना परीक्षण गर्दा थप ७० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार २८ जिल्लामा संक्रमित भेटिएका मध्ये सबैभन्दा धेरै सिन्धुपाल्चोक र दाङमा ५ र ५ जना संक्रमित थपिएका छन् ।

यस्तै सुनसरी, उदयपुर, स्याङजा, तनहुँ र कञ्चनपुरमा ४ र ४ जना, काठमाडौं, मोरङ, धादिङ, सर्लाही, बाग्लुङ र सुर्खेतमा ३ र ३ जना र झापा, म्याग्दी, कास्की, बाँके, बर्दिया र जुम्लामा २ र २ जना संक्रमित थपिएका छन् भने सिराहा, नुवाकोट, चितवन, सिन्धुली, रौतहट, पर्वत, पाल्पा, रुकुम पश्चिम, सल्यान र अछामका १ र १ जनाको रिपोर्ट पोजेटिभ आएको छ । यससँगै नेपालमा कुल संक्रमितको संख्या १६ हजार ७१९ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ४३१ जना डिस्चार्ज भएका छन् । यससँगै निको हुनेको संख्या ८ हजार ४४२ पुगेको छ । कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या भने ३८ पुगेको छ शनिबार थप ३ जनाको कोराना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको मन्त्रालयले जनाएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्