चितवनबाट ४ चिकित्सकलाई मानव बेचबिखन अनुसन्धान ब्युरोद्धारा पक्राउ

काठमाडौं
चितवनस्थित कलेज अफ मेडिकल साइन्सेसबाट प्रहरीले ४ जना चिकित्सकहरूलाई पक्राउ गरेको छ ।
मृगौलाको अवैध कारोबार गरेको आरोपमा शनिबार ४ जना चिकित्सकहरू पक्राउ परेका हुन् । कलेज अफ मेडिकल साइन्सेज पुरानो मेडिकल कलेज नामले समेत चिनिन्छ ।
पक्राउ पर्नेमा अस्पतालको मृगौला रोग विभागका प्रमुख प्रा. डा. राकेश वर्मा, प्रा. डा. बालकृष्ण कालाखेती, डा. किरण अधिकारी र डा. सुप्रभात श्रेष्ठ छन् । डा. सुभात श्रेष्ठ कलेजका सीईओ र मेडिकल काउन्सिलका सदस्य पनि हुन् । यस्तै जिल्ला प्रशासन कार्यलय चितवनका एक अधिकारी पनि पक्राउ परेका छन् ।
मानव बेचबिखन अनुसन्धान ब्युरोबाट गएको टोलीले डाक्टरहरुलाई पक्राउ गरि काठमाडौं ल्याएको हो । यस विषयमा ब्युरोले आज आइतबार काठमाण्डौमा पत्रकार सम्मेलनमार्फत जानकारी दिने तयारी गरेको छ ।
क्याटेगोरी : अपराध, समाचार
ट्याग : #breaking
तपाईको कमेन्ट लेख्नुहोस्