आइतबार विभिन्न मुलुकबाट १ हजार १२७ जना नेपाल फर्किए, जसमध्ये प्रदेश ५ को २०८ जना

काठमाण्डौ
कोरोना कोभिड १९ को लकडाउनको कारण विभिन्न मुलुकमा रहेका नेपाली नागरिकहरुलाई स्वदेश फर्काउने क्रम जारी रहेको छ । यसैबिच असार २८ गते आइतबार जम्मा १ हजार १२७ जना नेपालीहरु स्वदेश फर्केका छन् । जसमध्ये प्रदेश ५ का मात्र २०८ जना रहेका छन् ।
उर्जा मन्त्री बर्षमान पुन अनन्त सचिवालयका अनुसार बहराईनबाट फर्केका १३६ जना मध्ये प्रदेश ५ का २७ जना रहेका छन् । त्यस्तै गरि साउदीबाट १५४ जना मध्ये ३३ जना, मलेसियाबाट १५६ जना मध्ये २४ जना, फिलिपिन्सबाट १०८ जना मध्ये १५ जना, दुवईबाट १६० जना मध्ये ३२ जना प्रदेश ५ का रहेका छन् ।
त्यस्तै जापानबाट आइतबार फर्केका २६४ जना मध्ये ४२ जना र दुवईबाट १४९ जना फर्केका मध्ये ३५ जना प्रदेश ५ का रहेका छन् ।
जम्मा १ हजार १२७ जना नेपालीहरु स्वदेश फर्केको मध्ये प्रदेश ५ का २०८ जनालाई आइतबार नै बुटवल पठाईएको सचिवालयका जीवन प्रवेश रोका मगरले जानकारी दिएका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking
तपाईको कमेन्ट लेख्नुहोस्