काठमाडौं उपत्यकामा ७ जना सहित थप १ सय ४४ जनामा कोरोना संक्रमित पुष्टि

काठमाडौं ।
काठमाडौं उपत्यकामा ७ जना सहित पछिल्लो २४ घण्टामा थप १ सय ४४ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकामा थप ७ जनामा कोरोना संक्रमण देखिएको जनाएको छ ।
जसमध्ये ललितपुरका ५ जना, काठमाण्डौका १ जना र भक्तपुरका १ जना रहेका छन् ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार नयाँ १ सय ४४ जना कोरोना संक्रमित थपिए सँगै देशभर संक्रमितको संख्या १६ हजार ९ सय ४५ पुगेको छ । संक्रमितमध्ये १० हजार २ सय ९४ जना उपचारपछि घर फर्किएका छन् भने ३८ जनाको ज्यान गएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking
तपाईको कमेन्ट लेख्नुहोस्