सिन्धुपाञ्चोकमा पहिरो जाँदा ५ जना बेपत्ता, उद्धारकार्य जारी

काठमाडौं
गएराति सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका वडा नम्बर–४ फुल्पिङकट्टीमा पहिरोले दुई वटा घर पुरिँदा एकै परिवारका ५ जना बेपत्ता भएका छन् ।
पहिरोले स्थानीय ग्याल्जेन शेर्पाको घर पुरिँदा उनकी आमा, श्रीमती, बहिनी र दुई छोरी बेपत्ता भएका वडाअध्यक्ष साङदोर्जे शेर्पाले जानकारी दिएका छन् । ग्याल्जेन भने कामका सिलसिलामा काठमाडौंमा बस्दै आएकाले पहिरोबाट जोगिएका छन् ।
अविरल वर्षापछि राति २ बजे पहिरो खसेको थियो । पहिरोले पुरेको अर्को घरमा भने मान्छे नबस्ने गरेकोले क्षति हुन पाएन । त्यस्तै पहिरोले स्थानीय फुल्पिङकट्टीको सेतीदेवी पञ्चकन्या प्राविको पर्खाल र भवनमा पनि क्षति पुगेको छ । घटनास्थलमा प्रहरीको टोली र स्थानीय बासिन्दाले हराईरहेकाहरुको खोजी गरिरहेको छन् भने घटनाको थप विवरण आउन बाँकी रहेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking
तपाईको कमेन्ट लेख्नुहोस्