Techie IT
  • २० वैशाख २०८२, शनिबार
Sajha Hub

बढि हवाई भाडा किनबेच गरेमा कार्बाही गर्ने नेपाली दुतावास अवुधाबीको चेतावनी


विष्णु थापा
युएई सम्वाददाता, साझा हव

अवुधाबी

यदि कसैले अनधीकृत तवरबाट बढि रकम लिई हवाई टिकट किनबेच गरेको पाईएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने नेपाली दुतावास अवुधावीले चेतावनी दिएको छ ।

दुतावासले कोभिड १९ कोरोनाको विश्वव्यापी संक्रमणको कारण उत्पन्न असहज परिस्थितिको समयमा स्वदेश फर्कनै पर्ने अवस्थामा रहेका नेपाली नागरिकहरुलाई स्वदेश फर्काउने क्रममा चार्टर उडान र विभिन्न एयरलाईन्सहरुमा निर्धारण गरिएको हवाई भाडादर भन्दा बढि रकम असुल भईरहेको गुनासो प्रति सुचना जारी गर्दै उक्त कुरा बताएको हो ।

सुचनामा चार्टर्ड उडानको टिकट किनबेचका क्रममा तोकिएको हवाई भाडा दर (नेपाल एयरलाइन्सको हकमा दबईबाट काठमाण्डौका लागि अमेरिकी डलर ३६०, हिमालय एयरलाईन्स अवुधावीबाट काठमाण्डौका लागि अमेरिकी डलर ३८५ र अन्य एयरलाइन्सको हकमा सम्वन्धित एयरलाईन्सले तोकेबमोजिम) हुने भनिए पनि त्यो भन्दा बढि रकम असुल भएको गुनासो राजदुतावासमा प्राप्त भएको उल्लेख गरेको छ ।

दुतावासले १५ जुलाईमा सुचना जारि गर्दै तोकेको भन्दा बढी भाडा असुल नगर्न नगराउन सुचित गर्दै हवाई टिकट खरिद गर्नुभन्दा अघि सम्वन्धित एयरलाईन्सहरुले आधिकारिक रुपमा तोकेको भाडादर के कति हो राम्रो सँग बुझेर आधिकारिक विक्रेताबाट मात्रै टिकट खरिद गर्न र अनधीकृत समुहरुले दिएको आश्वासनहरुमा परि तोकिएको भन्दा बढि रकम तिरी हवाई टिकट खरिद नगर्न र नगराउन समेत सुचित गरेको छ ।


क्याटेगोरी : अन्तरास्ट्रिय, समाचार
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्