Techie IT
  • २२ वैशाख २०८२, सोमबार
Sajha Hub

शुक्रबार थप १०१ जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौं ।

पछिल्लो २४ घण्टामा नेपालमा १०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना प्रेस व्रिफिङका अनुसार पछिल्लो २४ घण्टामा २७ वटा प्रयोगशालामा ४६८८ जनाको पीसीआर टेस्ट गरिएको छ भने हाल क्वरेन्टिनमा २२ हजार ७५७ र आइसोलेसनमा ५ हजार ८७१ संक्रमित रहेका छन् ।

यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १७ हजार ४४५ पुगेको छ । जसमध्ये कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या ४० रहेको छ ।

त्यस्तै २ सय ८५ जना डिस्चार्ज भएका छन् । हालसम्म ११ हजार ५ सय ३४ जना डिस्चार्ज भइसकेका मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।

नयाँ थपिएका मध्ये काठमाडौं उपत्यकामा समेत थप ३ जनामा कोरोना संक्रमण देखिएको छ । विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका १ जना र भक्तपुरका २ जनामा समेत कोरोना संक्रमण देखिएको हो ।

बिहीबार मात्र नेपालमा १६६ जनामा कोरोना भाइरस संक्रमण देखिएको थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्