Techie IT
  • २० वैशाख २०८२, शनिबार
Sajha Hub

दुबै मिर्गौला पीडितलाई थप उपचारका लागी सहयोग रकम हस्तान्तरण


साझा हव संवाददाता

गोवा, भारत
दुवै मिर्गौला पीडित दाङका तिलक बोटेको उपचारको लागि विभिन्न संस्था तथा सामाजिक अभियन्ताहरुले सहयोग रकम हस्तान्तरण गरेका छन् ।

भारतको गोवामा रहेको प्रगतिशिल नेपाली समाज गोवा, गोवा नेपाली समाज र विभिन्न सामाजिक अभियन्ताहरुद्वारा बोटेको उपचारका लागि सहयोग रकम रु १ लाख हस्तान्तरण गरेका हुन् ।
भारतको गोवामा विगत लामो समयदेखि उपचार गर्दै आएका दाङ बबई गाउँपालिका वडा ५ का ३३ वर्षिय तिलक बोटेको आर्थिक अभावका कारणले उपचारमा कठिनाई भएपछि उक्त सहयोग रकम संकलन गरि हस्तान्तरण गरेका हुन् ।

बोटेको अत्याधुनिक उपकरण भएको गोवा मेडिकल कलेजमा उपचार भइरहेको भए पनि उपचारमा संलग्न डाक्टरका अनुसार शारीरिक समस्या बढेको र पिडित श्रीमती उमा बोटेले आर्थिक अभाव भएको सामाजिक सञ्जालमा बताएपछि गोवा स्थित प्रवासी नेपालीहरूले सहयोग गरेका हुन् ।

प्रगतिशिल नेपाली समाज भारतका केन्द्रीय सदस्य हेमराज वि. सी., समाजसेवी होमराज बस्नेत र दिनेश शर्माको पहलमा आर्थिक अभियान सञ्चालन गरिएको थियो भने गोवा नेपाली समाज र युवा सामाजिक अभियन्ता ओमकार पुनको संयुक्त पहलमा आर्थिक सहयोग प्रदान गरिएको हो ।

बिरामी तिलकको उपचारको लागि आर्थिक सहयोग हस्तान्तरण गर्दै प्रगतिशील नेपाली समाजका महासचिव लोकेन्द्र श्रीपाइलीले यो अभियानमा सबैको सक्दो सहयोग हुनुपर्ने र यो समस्या सबैलाई पर्न सक्ने भन्दै सबै प्रवासी नेपालीहरूको एकता अनिवार्य रहेको बताएका छन् ।

साथै, गोवा नेपाली समाजका अध्यक्ष प्रकाश थापा पुनले नेपालीहरुको समस्यामा आफ्नो संस्थाले उललेखनीय कार्य गरेको स्मरण गराउँदै सहयोग जारी रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।
विभिन्न समयमा प्रवासी नेपालीहरुका समस्यामा प्रवासमा क्रियाशिल विभिन्न संघसंस्था तथा व्यक्तिहरुले सहयोग गर्दै आएका छन् ।


क्याटेगोरी : अन्तरास्ट्रिय, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्