देशका विभिन्न खोला तथा नदिहरुमा आकस्मिक बाढिको सम्भावना, सर्तकता अपनाउन आग्रह

काठमाडौं ।
बाढी पूर्वानुमान महाशाखाले विभिन्न ठाउँका नदी तथा खोलामा आकस्मिक बाढी आउन सक्ने जनाएको छ । आउने संभावना पछि नदी तटिय क्षेत्रका बासिन्दालाई सतर्क रहन महाशाखाले आग्रह समेत गरेको छ ।
महाशाखाले उपत्यका सहित १९ जिल्लाका नदी खोलामा आकस्मिक बाढी आउन सक्ने जनाएको छ ।
उपत्यकाका नदी खोलाहरुमा पानीको बहाव बढ्दै गएको छ । वाग्मती, विष्णुमती, मनोहरा, हनुमन्ते, नख्खु लगायतका नदी र खोलामा पानीको बहाव बढ्दै गएको हो । साना नदी र नालाको पानी आसपासका सडक किनारसम्म आउन सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । त्यसैले सडक किनारको बाटो भई यात्रा गर्दा सतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरेको छ । महाशाखाले काठमाडौं उपत्यका बाहिर १९ जिल्लाका ठुला साना नदीमा आकस्मिक बाढी आउनसक्ने भएकाले सावधानी अपनाउन भनेको छ ।
ताप्लेजुङ, उदयपुर, सप्तरी, सिराहा, सिन्धुली, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, धादिङ, मकवानपुर, नवलपरासी, तनहूँ, लमजुङ, गोरखा, कास्की, दाङ, कैलाली, कञ्चनपुर, डोटीका विभिन्न ठाउँमा पानी परिरहेको छ । यी जिल्लाका नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन महाशाखाले आग्रह गरेको छ ।
त्यस्तै, जल तथा मौसम पुर्वानुमान महाशाखाले यो हप्ता देशैभर सामान्य देखि भारी बर्षाको पुर्वानुमान गरेको छ ।
मनसुन सुरु भए यता औसत भन्दा बढि पानी परिरहेको र देशका विभिन्न ठाउँमा अविरल बर्षाका कारण बाढि पहिरो जाँदा ठुलो जनधनको क्षति समेत भईसकेको र बाढि, पहिरो र डुवानको जोखिम युक्त ठाउँमा उच्च सर्तकता अपनाउन आग्रह गरिएको छ ।
क्याटेगोरी : समाचार, सुरक्षा
ट्याग : #breaking
तपाईको कमेन्ट लेख्नुहोस्