Techie IT
  • २० वैशाख २०८२, शनिबार
Sajha Hub

नागरिक अधिकारका लागि सिंह भनिने जोन लेविसको निधन


एजेन्सी ।

नागरिक अधिकारका लागि सिंहको उपमा पाएका सांसद जोन लेविसको निधन भएको छ ।

अमेरिकामा नागरिक अधिकारको लडाईका लागि अनुकरणीय, प्रशंसनीय र उच्च सम्मानित व्यक्तिको रुपमा चिनिने लेविसको ८० बर्षको उमेरमा निधन भएको हो ।

अमेरिकाका सभामुख नान्सी पेलोसीले उनको गत शुक्रबार निधन भएको पुष्टि गरेको समाचारमा जनाइएको छ ।

स्वर्गीय लेविसलाई नागरिक अधिकारका लागि लडेको असाधारण व्यक्तिको रुपमा सभामुख पेलोसीले स्मरण गरेका छन् ।

लेविसप्रति समवेदना व्यक्त गर्दै सभामुख पेलोसीले उनलाई राष्ट्रले सधैँ सम्झिरहने र आदर गरिरहने पनि विश्वास व्यक्त गरे ।

उनलाई गत सन् २०१९ को डिसेम्बर महिनामा पाचन ग्रन्थीमा क्यान्सर भएको पत्ता लागेको थियो । उनको उपचारकै क्रममा निधन भएको हो । उनको सन् १९४० मा अलाबामा भन्ने ठाउँमा सामान्य किसान परिवारमा जन्म भएको थियो ।


क्याटेगोरी : अन्तरास्ट्रिय, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्