Techie IT
  • २० वैशाख २०८२, शनिबार
Sajha Hub

नेपाल आदिबासी जनजाति महासंघ अमेरिका फिप्नाको कार्यप्रतिवेदन सार्वजनिक, विभिन्न स्वास्थ्य सामाग्री वितरण


साझाहव संवाददाता
अमेरिका

कोरोना भाइरसको महामारीमा नेपाल आदिवासी जनजाति महासंघ अमेरीका(फिप्ना)ले नेपाली समुदायलाई विभिन्न स्वास्थ्य सामाग्रीहरू वितरण गरेको जानकारी दिएको छ ।

(फिप्ना)ले गत मार्च २० देखी जुन २०, २०२० सम्मको आफ्नो कार्य प्रतिवेदनको साथमा विज्ञप्ति जारी गदै टाईनल -२६०० प्रति, KN95 माक्स -२६६५ प्रति, सर्जिकल माक्स -८२५० प्रति, हेण्ड ग्लोब्स -१७६५० प्रति, हेण्ड सेनिटाईजर- २३७ प्रति, ज्बलम थर्मोमिटर -१५ प्रति फिप्नाको कार्यलयबाट वितरण गरिएको जनाएको हो ।

त्यस्तै फिप्नाको कार्य प्रतिवेदनका अनुसार फिप्ना द्वारा सुरूवातदेखि नै विभिन्न सचेतनामूलक सन्देशहरू प्रवाह गर्दै, नेपाली राजदुतावास वासिङटन डिसी, नेपाली महावाणिज्य दुतावास न्यूयोर्क अमेरीका, न्यूयोर्क सिटीका मेयरको कार्यालय तथा नेपाली अमेरीकन समुदायमा क्रियाशील विभिन्न सामाजिक, राजनीतिक संघ संस्थाहरू तथा व्यक्तिहरूसंग विशेष छलफलहरू गरी सहकार्य गर्ने, संवाद तथा सुचना आदान(प्रदान गर्ने र संगै मिलेर कोरोना भाईरसलाई पराष्त गर्नेमा एकजुट गराउने पहलहरू भएको उल्लेख गरेको छ ।

सुरूवातमा न्यूयोर्कमा क्रियाशील सम्पूर्ण संघसंस्थाहरू र सामाजिक अभियन्ताहरू समेतलाई समेटेर फिप्नाको अगुवाई र पहलमा “कोरोना विरूद्धको सचेतना एवं सहयोग समूह न्यूयोर्क” निर्माण गरी सबैलाई मानविय सेवामा एकताबद्द गराउने काम गरेको थियो । सोही अनुसार फिप्नाले सबैसंग सहकार्य गर्दै पिडितहरूको सेवामा निरन्तर कार्य गरीरहेको जनाएको छ ।

फिप्नाको कार्य प्रतिवेदन अनुसार न्यूयोर्कमा फिप्नाले संस्थागत रूपमा विभिन्न २४ वटा क्रियाशील संघ संस्थाहरूलाई विभिन्न स्वास्थ्य सामाग्रीहरू वितरण गरेको छ । साथै फिप्नाको स्वयंसेवकहरू मार्फत १ हजार २ सय एक्काईस परिवारको घरदैलोमा फिप्ना प्रत्यक्ष रुपमा पुगि सहयोग गरेको उल्लेख गरेको छ ।

त्यो सँगसँगै फिप्नाका १७ वटा सदस्य संस्थाहरूबाट प्रत्येक संस्थाहरूले टाक्स फोर्स निर्माण गरी आफ्नो समुदाय र सदस्यहरूको घरदैलोमा आवश्यक औषधि, माक्स, ग्लोब्स, सेनिटाईजर, थर्ममिटर, साथै ग्रोसरीहरू वितरण गरेको छ भने नेपाली अन्तराष्ट्रिय विद्यार्थीहरूलाई समेत ग्रोसरी तथा नगद सहयोगहरू प्रदान गरेको छ । हजारौ नेपाली समुदायको घरदैलोमा फिप्ना र यसका सदस्य संस्थाहरू पुगेको र आफ्नो समुदायका सदस्यको मृत्यु भएका व्यक्तिको परिवारलाई आर्थिक भार नपरोस भनेर आर्थिक सहयोगको अभियान समेत सन्चालन गरी परिवारलाई बुझाएको छ ।

फिप्नाको संस्थागत मानविय सेवाको गतिविधिहरूलाई हेरेपछी विभिन्न पेशा व्यवसायीहरू, संघ संस्था, न्यूयोर्क स्थित स्थानिय सरकारका विभिन्न कार्यालयहरूवाट समेत सहयोग प्राप्त भएको फिप्नाले जनाएको छ ।

हाल अमेरीकाभरी कोरोना कोभिड १९ को संक्रमण बढ्दो क्रममा नै छ । फिप्नाले विज्ञप्ति जारी गरेको मिति सम्म नेपाली समुदायबाट न्यूयोर्कमा १२ जना तथा अमेरीका भरीमा २१ जना भन्दा बढीले ज्यान गुमाएको समेत विज्ञप्ति मार्फत जानकारी दिइएको छ ।

नेपाल आदिवासी जनजाति महासंघ अमेरीका(फिप्ना)को विज्ञप्ति जारि मिति सम्म संयुक्त राज्य अमरीकामा ३६ लाख ९४ हजार ६ सय १७ जनालाई कोरोना भाईरस लागेका र १ लाख ४१ हजार १ सय ४९ जनाको मृत्यु भएको अवस्थामा कोरोना माहामारीबाट आफू पनि बच्दैँ र अरूलाई पनि बचाउने अभियानमा लाग्न फिप्नाका अध्यक्ष लोक चेम्जोङद्धारा हस्ताक्षेरित विज्ञप्ति मार्फत सबैलाई आग्रह समेत गरेकोे छ ।


क्याटेगोरी : अन्तरास्ट्रिय, समाचार
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्