शनिवार मात्रै विभिन्न मुलुकबाट १ हजार १५१ जना स्वदेश फर्किए, प्रदेश ५ का २ सय २२ जना

काठमाडौं ।
कोरोना भाईरस कोभिड १९ को महामारीको कारण उत्पन्न लकडाउनका कारण विभिन्न मुलुकमा अलपत्र १ हजार १५१ नेपाली शनिवार स्वदेश फर्किएका छन् ।
विदेशमा अलपत्र परेका नेपालीको उद्धारका लागि भएको तेस्रो चरणको चार्टर्ड उडानमार्फत उनीहरु स्वदेश फर्किएका हुन् । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आज आवागमन र प्रस्थान दुवै गरी १३ अन्तराष्ट्रिय चार्टर्ड उडान भएका छन् । यी उडानबाट ६ शव पनि नेपाल ल्याइएको छ ।
उर्जा मन्त्री बर्षमान पुन अनन्त सचिवालयका अनुसार विभिन्न एयरलाइन्सका जहाजबाट साउदीबाट २५७ जनामा प्रदेश ५ का मात्र ६३ जना रहेका छन् । त्यस्तै, बहराइनबाट १२९ जनामा प्रदेश ५ का १८ जना, बहराईनकै अर्को उडानमा १३९ जनामा प्रदेश ५ का २५ जना, कतारबाट १५६ जनामा प्रदेश ५ का १९ जना, कतारबाट नै अर्को उडानबाट १४६ जनामा प्रदेश ५ का ३९ जना रहेका छन् । त्यस्तै युएईबाट १६७ जनामा ३२ जना र युएईबाट नै १५७ जनामा प्रदेश ५ का २६ जना गरि प्रदेश ५ का मात्रै जम्मा २ सय २२ जना नेपाल फर्केकोे सचिवालयका जिवन रोका मगरले जानकारी दिएका छन् ।
उनीहरुलाई शनिबार नै बुटवल पठाइएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking
तपाईको कमेन्ट लेख्नुहोस्