Techie IT
  • २० वैशाख २०८२, शनिबार
Sajha Hub

नेपाल भारत ४३६ नम्बर सीमा स्तम्भ उखेलियो, अत्तालिएर भारतिय पक्षले उखेलेको स्थानियको आशंका


काठमाडौं

प्रधानमन्त्री केपी ओलीको अभिव्यक्ति पछि एकाएक चर्चामा आएको पर्साको ठोरीस्थित सीता गुफा नजिकै रहेको सीमा स्तम्भ उखेलेर फालेको अवस्थामा फेला परेको

स्थानिय गाउँपालिकाका अध्यक्ष पदमलाल श्रेष्ठका अनुसार अयोध्या भूमिको रुपमा एकाएक चुलिएको चर्चालाई मत्थर पार्न सीमा स्तम्भ उखेल्ने काम भएको हुन सक्ने बताएका छन्

नेपाल भारतको सिमास्तम्भ ४३६ नम्बरको सीमा स्तम्भ उखेलेर फालिएको अवस्थामा फेला परेको हो उक्त सिमास्तम्भ धार्मिकस्थल सीता गुफादेखि दक्षिणतर्फ सोमेश्वर पहाडमा रहेको शनिबार मध्यान्ह १२ बजेसम्म सीमा स्तम्भ सुरक्षित नै रहेपनि शनिबार अपरान्ह एकाएक सीमा स्तम्भ उखेलेर फालेको अवस्थामा पाएको सुरक्षामा खटिएको सशस्त्र प्रहरीले बताएको
हाल सीमा स्तम्भ उखेलिएकोबारे माथिल्लो निकायमा जानकारी गराइसकेको उक्त सीमा स्तम्भको भारततर्फका एसएसबी बल नेपाली सुरक्षा फौज दुवैले सुरक्षा गरिरहेका छन्
सीमा स्तम्भ कसले किन उखेलेर फाल्यो भन्ने विषयमा भने केही खुल्न नसकेको यसबारे थप अनुसन्धान भइरहेको

प्रधानमन्त्री ओलीले भगवान रामको जन्म ठोरीमा भएको अभिव्यक्ति आएसँगै सो क्षेत्रमा मानिसहरुको चहलपहल बढ्दै गएको शनिबार गाउँपालिकाले कलश यात्रा अयोजना गर्दै भव्य पूजाअर्चना समेत गरेको थियो

सीमा स्तम्भ एकाएक उखेलिएपछि ठोरीका बासिन्दाले भने यसलाई षडयन्त्रको रुपमा लिएका छन् सीमा स्तम्भ विवाद खडा गरेर अहिलेको माहोललाई अन्त मोड्न खोजिएको हुन सक्ने स्थानियको भनाई भगवान राम जन्मेको भनिएको अयोध्या भूमि ठोरीबारे खोज तथा अनुसन्धान हुनुपर्ने चौतर्फी दवाब भइरहेको समयमा सो कामलाई प्रभावित पार्ने तत्वहरुले यो काम गरेको हुन सक्ने स्थानियको भनाई

पिल्लर उखेलिएकोमा स्थानियहरुले विरोध गर्दा झडपको स्थिति समेत सिर्जना भएको थियो अयोध्या भूमिबारे थुप्रै प्रमाणहरु भेटिन थालेपछि भारतीय पक्षले अत्तालिएर सीमा स्तम्भ उखेलेर विवाद सिर्जना गर्न खोजेको समेत ठोरीबासीहरुको आरोप

प्रधानमन्त्री ओलीले भानुभक्त जयन्तीको अवसरमा आयोजित एक कार्यक्रममा भगवान रामको जन्मभूमि अयोध्या ठोरीमा पर्ने बताएपछि सीता गुफा साथै ठोरी क्षेत्र एकाएक चर्चामा आएको


क्याटेगोरी : समाचार, सुरक्षा
ट्याग : #breaking


तपाईको कमेन्ट लेख्नुहोस्