Techie IT
  • २२ वैशाख २०८२, सोमबार
Sajha Hub

गण्डकी प्रदेशमा आइतवार थप १२ जनामा कोरोना संक्रमण पुष्टि


पोखरा  

गण्डकी प्रदेशका चार जिल्लामा आइतबार थप १२ जनामा कोरोना संक्रमण देखिएको छ ।

आइतबार पुष्टि भएका संक्रमितमध्ये म्याग्दिको मालिका, मंगलामा २ र २ जना र बेनी नगरपालिकामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, पर्वतको जलजला गाउँपालिका र महाशिला गाउँपालिकामा १ र १ जना, बागलुङको बडीगाड र काठेखोला गाउँपालिकामा १ जनामा कोरोना संक्रमित भेटिएका छन् ।

यसैगरि आइतवार कोरोना पुष्टि हुनेहरुमा स्याङ्जाको पुतलीबजार नगरपालिकामा १ जना र कालीगण्डकी नगरपालिकामा १ जनामा कोरोना भाइरस संक्रमित फेला परेको प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।

आइतवार थपिएका सँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या १ हजार २ सय ९० पुगेको छ । जसमध्ये ९ सय ३८ जना निको भएर घर फर्केका छन् भने मृत्यु हुने ४ जनामा कोरोना संक्रमण देखिएको थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्