Techie IT
  • २२ वैशाख २०८२, सोमबार
Sajha Hub

नेपाल एयरलाइन्सका ४ पाइलट सहित १४ कर्मचारी कोरोना मुक्त


काठमाडौं ।

विभिन्न मुलुकमा अलपत्र नेपालीको उद्धार उडानमा खटिँदा कोरोना सङक्रमण देखिएका नेपाल वायु सेवा निगम ‘नेपाल एयरलाइन्स’ का १४ उडान कर्मचारी कोरोना सङ्क्रमणमुक्त भएर घर फर्किएका छन् ।

निगमका ४ पाइलटसहित १४ जना क्याबिन क्रु मेम्बर उपचारपछि घर फर्किएका हुन् । उनीहरु गत शुक्रबार कोरोनामुक्त भएर घर फर्किसकेको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिएका छन् ।

नेपालीहरुलाई स्वदेश फर्काउनका लागि भएको चार्टर्ड उडानमा संलग्न ती कर्मचारीमा गत असार २२ गते पीसीआर रिपोर्ट पोजेटिभ देखिएको थियो । करीब दुई सातापछि उनीहरुको पुनः पिसिआर परीक्षण गर्दा नेगेटिभ देखिएपछि आ–आफ्नो घर फर्किएको खड्काले बताएका छन् ।

नेपाल वायु सेवा निगमले देशले खटाएको उद्धार उडानमा साहसिक जिम्मेवारीमा खटिने आफ्ना उडान कर्मचारीप्रति हार्दिक आभार समेत व्यक्त गरेको छ ।

कोरोना सङक्रमण देखिएपछि उनीहरुलाई सुरुमा बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा २ दिन र ह्याम्स अस्पतालमा ६ दिन राखिएको थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्