भारतमा एकैदिनमा ५४३ को मृत्यु र ३८ हजार ९०२ कोरोना संक्रमित

एजेन्सी ।
भारतमा विगत २४ घण्टामा कोभिड–१९ संक्रमणका कारण ५४३ विरामीको मृत्यु भएको छ भने अहिलेसम्मकै धेरै ३८ हजार ९०२ व्यक्तिमा कोरोना पुष्टि भएको छ ।
संघीय स्वास्थ्य मन्त्रालय तथा परिवार कल्याण मन्त्रालयले आइतबार दिएको जानकारी अनुसार भारतमा कोभिड–१९ सङ्क्रमितको कूल सङ्ख्या १० लाख ७७ हजार ६१८ पुगेको छ भने कोभिड १९ महामारीका कारण भारतमा मृत्यु हुनेको सङ्ख्या २६ हजार ८१६ पुगेको छ ।
भारतमा आइतबारसम्म निकोभई घर फर्किने सङ्ख्या ६ लाख ७७ हजार ४२३ पुगेको छ भने अझै तीन लाख ७३ हजार ३७९ व्यक्ति सङ्क्रमित रहेका छन् ।
- सबैभन्दा बढी प्रभावित भएको भारतीय राज्य महाराष्ट्रमा शनिबारसम्म ३ लाख ९३७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
क्याटेगोरी : अन्तरास्ट्रिय, समाचार
ट्याग : #breaking
तपाईको कमेन्ट लेख्नुहोस्