Techie IT
  • २० वैशाख २०८२, शनिबार
Sajha Hub

देशैभर बर्षा- बाढि, डुवान तथा पहिरो जोखिम क्षेत्रमा सर्तकता अपनाउन मौसमविद्को सुझाव


काठमाण्डौ

जल तथा मौसम पूर्वानुमान महाशाखाले देशभर रातिदेखि नै पानी परिरहेको र केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको जनाएको छ ।

प्रदेश नम्बर २, वाग्मती, गण्डकी, प्रदेश नम्बर ५ का धेरै ठाउँमा वर्षा भएकोले ठूलो पानी पर्ने ठाउँमा बाढी पहिरो आउनसक्ने भन्दै सतर्क हुन समेत महाशाखाले अनुरोध गरेको छ ।
अहिले प्रदेश २ का बारा, पर्सा र रौतहटका धेरै ठाउँमा ठूलो पानी परिरहेको छ भने थप वर्षा हुने भएकाले लालबकैया र अन्य साना नदीमा आकस्मिक बाढी आउन सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाउँदै आसपासका क्षेत्रमा सर्तकता अपनाउन आग्रह गरेको छ ।

त्यस्तै, नवलपरासीका अरूणखोला, गिरूवारी खोला र नवलपरासीका साना नदी तटीय क्षेत्रमा समेत एक्कासी बाढी आउन सक्ने भएकाले सतर्क रहन महाशाखाले आग्रह गरेको छ भने डडेलधुरा रंघुनको महाकाली दोभानसम्म समेत बाढीको सम्भावना छ ।

काठमाण्डौ उपत्यकाका धेरै ठाउँमा मध्यम वर्षा भैरहेकोले विष्णुमती, मनोहरा, हनुमन्ते, नख्खु लगायतका नदीमा बहाव सतर्कता नजिक रहेको जनाएको छ ।
बाढी पूर्वानुमान महाशाखाले नदी किनार र डुबान भईरहने होचा ठाउँ साथै पहिरोको जोखिम क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।


क्याटेगोरी : समाचार, सुरक्षा
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्