Techie IT
  • २० वैशाख २०८२, शनिबार
Sajha Hub

लोकप्रिय गायक अरुण थापा मगरको जिवनका अन्तिम दिनहरु किन दर्दनाक बन्यो ? २१ औं स्मृति दिवसमा गरिएको कुराकानी- भिडियो सहित


काठमाण्डौँ

नेपाली सांगीतिक क्षेत्रका लोकप्रिय गायक स्व. अरुण थापा मगरलाई उनको २१ औँ स्मृति दिवसको अवसरमा विभिन्न कार्यक्रम गरि सम्झना गरिएको छ ।

स्व. गायक थापा मगरका ऋतुहरुमा तिमी हरियाली वसन्त हौँ, जति माया लाए पनि, चोट के हो व्यथा के हो, म रोए पनि तिमी हाँसी दिनु, भुलु भुलु लाग्यो मलाई, साँझको जुन सँगै, आँखाको निद खोसी, दोस कसैलाई दिन चाहन्छ जस्ता करिब ४० जति कर्णप्रिय गीतहरु नेपाली सांगितिक क्षेत्रमा अहिले पनि उत्तिकै लोकप्रिय छन् ।

उनलाई अरुण थापा प्रतिष्ठानले सोमबार साँझ झम्सिखेलमा अवस्थित उनको शालिकमा दिपप्रज्वलन गरेर सम्झेको छ । भने विभिन्न व्यक्ति संघसंस्थाहरुले विभिन्न कार्यक्रम गरेर उनलाई सम्झिएका छन् ।

त्यस्तै नेपाल मगर विद्यार्थी संघ केन्द्रिय समितिले सदाको बर्ष जस्तै यस बर्षपनि स्व. गायक थापा मगरलाई सम्झिएको छ भने यस बर्ष पनि एक जना राष्ट्रिय कलाकारलाई अरुण स्मृति पुरस्कारद्धारा सम्मान गरेको छ ।

नेपाल मगर विद्यार्थी संघले २०६१ साल देखि प्रदान गर्दै आएको अरुण स्मृति पुरस्कार यसवर्ष कलाकार ब्रम्हचारी त्रोक्छाकी (आकाश थापा मगर) लाई प्रदान गरेको छ । त्रोक्छाकी मगरलाई १२ हजार नगद र सम्मानपत्रले सम्मान गरिएको थियो । कोभिड १९ कोरोना भाईरसको कारण कार्यक्रमलाई भच्र्युअल माध्यमबाट गरिएको थियो ।

उनै स्व. गायक अरुण थापा मगरको सांगितिक पाटो, शिक्षा, प्रेम, पारिवारिक र उनको सम्पुर्ण जीवनका बारेमा अरुण थापा मगर बारेमा विभिन्न काम गर्दै आएको गायक अरुण थापा प्रतिष्ठानका अध्यक्ष सन्दन थापा मगर र कोषाध्यक्ष पुर्षोत्तम थापा मगरसँग अरुणको बारेमा र प्रतिष्ठानको बारेमा अरुण स्मृति दिवसको अवसरमा कुराकानी गरेका छौँ ।

लोकप्रिय गायक अरुण थापाको जिवनको अन्तिम दिनहरु किन दर्दनाक बने त भिडियो अन्र्तवार्ता हेर्नु होला ।

भिडियोको लागि तलको लिंकमा जानुहोला ।

https://www.youtube.com/watch?v=hF20_jahnlI&feature=youtu.be


क्याटेगोरी : कला र मनोरञ्जन, समाचार
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्