Techie IT
  • २२ वैशाख २०८२, सोमबार
Sajha Hub

उपत्यकामा ९ सहित १४७ नयाँ संक्रमित थपिए, निको हुनेको संख्या १२ हजार ८४० पुग्यो


काठमाण्डौँ

बितेको २४ घण्टामा काठमाण्डौ उपत्यकामा थप ९ जना सहित देशैभर आज १४७ मा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

बिहीबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कुल संक्रमितको संख्या १८ हजार २४१ पुगेको छ ।
काठमाण्डौ उपत्यका भित्र भक्तपुरका २, काठमाडौंका ५ र ललितपुरका २ समेत रहेका छन् ।

यस्तै बितेको २४ घण्टामा थप १५६ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त रहनेको संख्या १२ हजार ८४० पुगेको छ ।

हाल देशमा सक्रिय संक्रमितको संख्या ५ हजार ३५८ रहेको छ । यसैबीच हाल ६ जिल्लाहरु पाँचथर, भोजपुर, संखुवासभा, रसुवा, मनाङ र मुस्ताङ कोरोना संक्रमणमुक्त रहेका छन् ।

भने एक जना पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४३ पुगेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्