Techie IT
  • २२ वैशाख २०८२, सोमबार
Sajha Hub

देशभर सामान्य वदली, हल्का, मध्यम देखि भारी वर्षाको सम्भावना


काठमाडौं

अहिले. देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । देशैभरि आज सामान्य बदली भई हल्का, मध्यम र कहिकतै भारी बर्षाको समेत सम्भावना रहेको छ ।

साथै, मनसूनी न्युन चापीय रेखा पश्चिमी भू–भागमा नेपालबाट दक्षिण तर्फ सरेको र पूर्वी भू–भागमा नेपाल नजिक रहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशभर सामान्य बदली रही प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानहरुमा वर्षा भईरहेको छ ।
आज शुक्रबार विहान ४ः५० बजे मापन गरिएको तथ्यांक अनुसार तामाकोशी नदीको बुस्तीस्थित जलसतह मापन केन्द्रमा जलसतह सतर्कता तहभन्दा तल र घट्दो क्रममा रहेकोले अवस्था मध्यमबाट सामान्य तर्फ गईरहेको विभागले जनाएको छ ।

त्यसैगरी, बाग्मती नदी खोकना स्थित जलसतहमापन केन्द्रमा आज विहान ४ः४५ बजे मापन गरिएको तथ्यांक अनुसार जलसतह सतर्कता तहभन्दा तल र घट्दो क्रममा रहेकोले हाललाई अवस्था मध्यमबाट सामान्य तर्फ जाँदै गरेको जनाएको छ ।

काठमाडौं उपत्यका, काभ्रेपलाञ्चोक र आसपासका धेरै स्थानमा आजै विहानै २ बजे मापन गरिएको तथ्यांका भने भारी बर्षा मापन भएको छ ।
मनोहरा, हुनमन्ते लगायत प्राय सबै नदीमा बहाव खतरा आसपास रहेको छ । नदी, नालाको पानी सडक र बस्तीसम्म आउनसक्ने भएकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ ।

त्यस्तै शुक्रबार दिउँसो देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एक, दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको विभागले जनाएको छ।

आज राती देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १, गण्डकी प्रदेश, प्रदेश ५ र सुदुरपश्चिम प्रदेशका एक, दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्