पर्साका कोरोना संक्रमणबाट १ बृद्धाको मृत्यु, कोरोनाबाट मृत्यु हुनेको संख्या ४३ पुग्यो

विरगञ्ज
पर्सामा कोरोना भाइरसको सङ्क्रमणबाट एक जना ८५ बर्षीय बृद्धाको मृत्यु भएको छ ।
श्वासप्रश्वासमा समस्या देखिएपछि गएको बुधबार अस्पताल भर्ना गरिएकी वीरगन्ज महानगर ११ श्रीपुरकी ८५ वर्षीया वृद्धाको मृत्यु भएको विरगञ्जको गण्डक अस्पतालका संयोजक डाक्टर उदय नारायण सिंहले जानकारी दिएका छन् ।
कोरोना सङ्क्रमण पुष्टि भएपछि उहाँलाई उपचारको लागि गण्डक अस्पतालमा बनाइएको कोभिड–१९ अस्पतालमा भर्ना गरिएको थियो । उहाँमा श्वासप्रश्वाससँगै मुटुको समस्या पनि रहेको डाक्टर सिंहले बताएका छन् ।
संक्रमित बृद्धाको मृत्यु भएपछि कन्ट्याक्ट ट्रेसिङ सुरु गरिएको नेपाली सेनाको चन्डीप्रसाद गणका कर्णेल मदनजङ्ग राणाले जानकारी दिएका छन् ।
उनको मृत्यु सँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या ४३ पुगेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking
तपाईको कमेन्ट लेख्नुहोस्