Techie IT
  • ५ जेठ २०८२, आईतबार
Sajha Hub

पृथ्वी राजमार्गको दमौली डुम्रे सडक खण्डमा सवारी प्रवेशमा रोक


तनहुँ

बन्दीपुर गाउँपालिका वडा नम्बर १ मा सडक भाँसिएपछि पृथ्वीराजमार्ग अन्तर्गत दमौली डुम्रे सडक खण्डमा शनिबार सबै सवारी प्रवेशमा रोक लगाइएको छ।

प्रमुख जिल्ला अधिकारी सागर आचार्यका अनुसार सडक भाँसिएपछि वैकल्पिक मार्गबाट सडक सुचारू गरे पनि वैकल्पिक मार्ग पनि अवरूद्ध भएकोले आज सवारी साधन प्रवेशमा रोक लगाउनु परेको जानकारी दिएका छन् ।

वैकल्पिक मार्गमा साना सवारी साधनको चापले समस्या आए पछि त्यस सडकलाई आज दिनभरमा मजबुत बनाएर मात्रै भोलिदेखि सवारी सञ्चालनमा ल्याइने भएको छ । तर एम्बुलेन्सलगायतका अत्यावश्याक सवारीलाई भने आवतजावतको लागि व्यवस्था मिलाइएको छ ।

अविरल वर्षापछि बन्दीपुर गाउँपालिका–१ स्थित नाहालामा सडक नै भाँसिएर पहिरो गएपछि वैकल्पिक मार्ग निर्माण गरिएको थियो तर उक्त मार्गमा ग्राबेल नगरिँदा सवारी फसेर अवरुद्ध भएपछि जिल्ला प्रशासन कार्यालय तनहुँले ठूला सवारीलाई दुई दिन प्रवेशमा रोक लगाएको हो ।

साउन ४ र ५ गते पनि उक्त राजमार्गको ठाउँठाउँमा पहिरो गएर अवरुद्ध भएपछि पाँच वटा डोजर, नेपाल प्रहरी, नेपाली सेना र स्थानीयवासीको प्रयासले एक दिनमै राजमार्ग सञ्चालनमा ल्याइएको थियो ।
(रासस)


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्