युएईबाट नेपाल फर्कनेहरुका लागि उडान र टिकट कहिले र कहाँ, नेपाली राजदुतास अबुधाबीको सुचना

बिष्णु थापा
युएइ संवाददाता, साझा हब
संयुक्त अरब इमिरेट्स युएइ बाट नेपाल फर्कनेहरुका लागि विभिन्न एयरलाइन्सहरुका निश्चित भएका आगामी दिनका उडानबारे जानकारी दिदैँ पायक पर्ने मिति र एयरलाइन्सबाट टिकट लिन नेपालीहरुका लागि नेपाली राजदुतास अबुधाबीले सुचना जारी गरेको छ ।
दुतावासले गत २८ अप्रिल २०२० देखि खुल्ला गरेको नेपालीहरुको विवरण संकलन फाराम भर्ने र टेलिफोन, इमेल एवं फेसबुक बाट राजदुताबासमा सम्पर्क गरि नेपाल फर्कन नाम टिपाउने नेपालीहरुको एकीकृत नामावली १२ जुलाई २०२० मा सार्वजनिक गरिएको थियो ।
सोहि प्रकाशित एकीकृत नामावलीमा नाम समावेश नेपालीहरुका लागि टिकट लिन दुताबासले आग्रह गरेको हो ।
नेपाल एयरलाइन्सले अगष्ट २, ४, ६ र ८ मा दुबई बाट उडान गर्ने छ भने हिमालय एयरलाइन्सले अगष्ट १, २, ३ र ५ मा अवुधाबीबाट उडान भर्ने छ । त्यस्तै एयर अरेवियाको जहाज शारजहाँबाट अगष्ट १,२, ६ र ७ गते उड्ने छ ।
यसैगरि जुलाई ३१, अगष्ट ३ र ४ मा दुबईबाट फ्लाई दुबईले उडान गर्ने छ भने इतिहाद एयरवेजको जहाज अगष्ट १ र अगष्ट ८ मा अवुधावीबाट उडान भर्ने नेपाली राजदुतावास अबुधावीले जानकारी गराएको छ ।
कोभिड १९ का विश्वव्यापी महामारीका कारण संयुक्त अरब इमिरेट्स युएई बाट नेपाल फर्कनुपर्ने अवस्थामा रहेका नेपालीहरुलाई चार्टर्स उडानहरुबाट नेपाल फर्काउने क्रममा युएईको अबुधावी, दुबई, र शारजाहाँ विमानस्थलबाट नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स, एयर अरेयिबा, इतिहाद एयरवेज र फ्लाई दुबईका ४९ वटा उडानहरुबाट हाल सम्म करिब ७,५०० जना नेपालीहरुलाई लाई स्वदेश फर्काईसकेको समेत जानकारी गराएको छ ।
२६ जुलाई मा नेपाली राजदुताबास अबुधाबीले प्रकाशित गरेको सुचना मार्फत नेपाल फर्कने व्यक्तिहरुले कोभिड १९ संकट व्यवस्थापन सञ्चालन केन्द्रको वेभसाइटमा राखिएको विदेशबाट नेपाल फर्कने व्यक्तिले भर्नुपर्ने फाराम भरि त्यसबाट प्राप्त हुने बारकोड प्रिन्ट गरि आफ्नो साथमा अनिवार्य रुपमा लिएर नेपाल यात्रा गर्नुपर्ने समेत जानकारी गराएको छ ।
क्याटेगोरी : अन्तरास्ट्रिय, समाचार
ट्याग : #breaking
तपाईको कमेन्ट लेख्नुहोस्