Techie IT
  • २२ वैशाख २०८२, सोमबार
Sajha Hub

मंगलबार केहि स्थानमा भारी बर्षाको सम्भावना, जोखिम क्षेत्रमा सर्तकता अपनाउन आग्रह


काठमाडौं ।

मंगलबार देशभर मौसममा आंशिक बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुने र केहि स्थानमा भारी बर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम बर्षा भइरहेको छ । महाशाखाले प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र प्रदेश ५ का थोरै स्थानहरुमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा मेघगर्जन, चट्याङ्सहित भारी वर्षाको सम्भावना रहेको बताएको छ ।

गएको २४ घण्टामा लुम्लेमा १ सय ७१ दशमलव ७ मिलीमिटर र पोखरामा १ सय ४९ दशमलव ७ मिलीमिटर तथा पानी परेको छ । त्यस्तै, मंगलबार विहान ३ः३० मा तिनाउ नदी बुटवलको बाढी मापन केन्द्रमा जलसतहले सतर्कता तह नाघेको र बढ्दो रहेकाले कञ्चनखोला, तिनाउखोलाको तल्लो तटीय क्षेत्र र आसपासका साना खोलामा आकस्मिक बाढी आउन सक्ने सम्भावना रहेकाले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

त्यस्तै, आज विहान नै २ बजे मापन गरीएको रेकर्ड अनुसार कैलालीको टिकापुर, चिसापानी लगायत कैलाली र कञ्चनपुरका धेरैजसो स्थानमा भारी बर्षा भएको छ भने थप बर्षा हुने सम्भावना रहेकाले कान्द्रा, मोहना, घुराहा, खुट्टिया, स्याउली, चौधर लगायतका साना नदीको जल सतह सतर्कता बिन्दु नजिक पुग्नसक्ने भएकाले बाढीको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

यसअघि आज विहान २ बजे मापन गरीएको रेकर्ड अनुसार ईलाम, झापा र मोरङका धेरैजसो स्थानमा भारी बर्षा भईरहेको र थप बर्षा हुने सम्भावना रहेकाले मेची, विरिङ, निन्दा, कन्काई, चिसाङखोला, मावा–रतुवा, लोहन्द्रा, बक्राहा, नुनखोला र अन्य साना खोलाको जलसतह सतर्कता विन्दु नजिक पुग्न सक्ने भएकाले आकस्मिक बाढी आउने सम्भावना रहेकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।

देशैभर हाल मनसुनी वायुको प्रभाव रहेको साथै नेपालको तराई भूभाग नजिक मनसुनी न्युन चापीय रेखा अवस्थित रहेकोले राति पानी नपरेका ठाउँमा पनि अब बिस्तारै पानी पर्न थाल्ने मौसमविद्को भनाइ छ । मनसुनकै प्रभावले आज बेलुकी र भोलि केही ठाउँमा ठूलो पानी पर्ने संभावना रहेको छ ।

महाशाखाले पानी धेरै पर्ने भएकाले यसअघि पहिरो गएका ठाउँ, भिरालो जमिन आसपास र नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन समेत आग्रह गरेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्