प्रहरीद्धारा दरबारमार्गबाट अवैध १५ किलो सुन र २ थान हतियार बरामद

काठमाडौं ।
काठमाण्डौको दरबारमार्गबाट प्रहरीले १५ किलो अवैध सुन र २ थान हतियार बरामद गरेको छ ।
प्रहरीले विशेष सूचनाको आधारमा सुन तस्करलाई पछ्याउँदै जाँदा तस्करको समूह सुनको झोला फालेर भागेको प्रहरीले जनाएको छ । सो क्रममा प्रहरीले झोलामा २ थान हतियार समेत फेला पारेको हो ।
कारोबारीले फालेको झोलामा आजको मूल्यअनुसार सुनको मूल्य १२ करोड ६३ लाख बराबरको १५ किलो सुन र दुईथान हतियार फेला परेको प्रहरीले एक प्रहरीले बताएका छन् ।
सुन बोक्ने गाडीको नम्बर पहिचान भए पनि मानिस भने पक्राउन पर्न सकेको छैन । पहिचान भएको गाडी र मानिस खोज्न प्रहरी परिचालन गरिएको छ ।
सुन बरामदबारे आजै पत्रकार सम्मेलन गरेर आदिकारिक जानकारी गराइने काठमाडौं परिसरले जनाएको छ ।
क्याटेगोरी : अपराध, समाचार
ट्याग : #breaking
तपाईको कमेन्ट लेख्नुहोस्