Techie IT
  • २० वैशाख २०८२, शनिबार
Sajha Hub

नेपाल प्रहरीको मुख्यालयमा थप २३ जनामा कोरोना संक्रमण पुष्टि


काठमाण्डौँ

आइतबार नेपाल प्रहरी मुख्यालयमा कार्यरत ४ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिएपछि अन्य सुरक्षाकर्मीको परिक्षण गर्ने क्रममा थप २३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

थप २३ जनामा संक्रमण पुष्टि भएको प्रवक्ता डिआइजी निरजबहादुर शाहीले जानकारी दिएका छन् । संक्रमितहरूमा चालक, मेकानिक्स र मेसमा काम गर्ने कर्मचारी रहेका छन् ।

संक्रमितहरूको परिवारको विवरण लिने र उनीहरू बाहिर कहाँ कहाँ पुगे भन्ने कुराको कन्ट्याक्ट ट्रेसिङ सुरु गरिएको छ ।

साथै संक्रमितहरुलाई बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालमा लगिनेछ ।


क्याटेगोरी : समाचार, सुरक्षा
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्