प्रहरीले बरामद गरेको सुन भनिएको १५ केजी धातुमा आधा केजि मात्र सुन पुष्टि, २ थान अवैध हतियार समेत बरामत

काठमाडौं
नेपाल प्रहरीले काठमाडौंको कमलादीबाट बरामद गरेको १५ केजी पहेँलो धातुमध्ये अधिकांश पित्तल भएको र आधा केजी मात्रै सुन भएको पुष्टि भएको छ ।
बरामद १५ केजी धातुमा आधा केजी मात्रै सुन पुष्टि भएको महानगरीय प्रहरी परिसर टेकुका प्रमुख एसएसपी श्याम ज्ञवालीले जानकारी दिएका छन् ।
अवैधरुपमा भित्र्याएको अवस्थामा उक्त धातु कमलादीबाट प्रहरी बृत्त दरबारमार्गले बरामद गरेको थियो । प्रहरीका अनुसार बरामद भएको सुनमा १ केजी लेखिएको थान ८, २५० ग्राम लेखिएको २६ थान र ५०० ग्राम लेखिएको १ थान पहेँलो धातुको टुक्रा रहेको छ ।
जसमा गरिएको परीक्षणमा आधा केजी मात्रै सुनका रुपमा पुष्टि भएको हो ।
कमलादीस्थित कृष्ण पाउरोटी नजिकै चेकजाँचका क्रममा बा ६ च ५५१९ नम्बरको स्कर्पियो गाडीले बोकेर ल्याएको खुलेको छ । उक्त गाडी चेकजाँचका क्रममा त्यसमा सवारमध्ये १ जनाले नबिल बैंक अगाडिको सडकमा फालेको सेतो झोलाबाट बरामद भएको ज्ञवालीले बताएका छन् ।
प्रहरीले उक्त सुन र पित्तल सँगै २ थान अवैध हतियार पनि बरामद गरेको छ । माउजर मोडेल चाइना लेखिएको दुई थान पेस्तोल बरामद भएको एसएसपी ज्ञवालीले जानकारी दिएका छन् ।
क्याटेगोरी : अपराध, समाचार, सुरक्षा
ट्याग : #breaking
तपाईको कमेन्ट लेख्नुहोस्