उपत्यकामा मात्रै ५३ सहित ३११ जनामा पछिल्लो २४ घण्टामा थप कोरोना संक्रमण पुष्टि

काठमाडौं
काठमाण्डौ उपत्यकामा मात्रै ५३ सहित मंगलबार ३ सय ११ जना जनामा कोरोना भाइरस, कोभिड १९को संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले उपत्यकाका ४८ जना सहित देशैभर ३ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका ११ जना र भक्तपुरका १ जना गरी १२ जनामा कोरोना संक्रमण देखिएको छ ।
त्रिवि शिक्षण अस्पताल (टिचिङ) मा गरिएको परीक्षणमा काठमाडौंका १ जना, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा काठमाडौका ९ र ललितपुरका १ जना संक्रमित थपिएका उनले जानकारी दिए ।
त्यसैगरी, पाटन अस्पतालमा गरिएको परीक्षणमा ललितपुरका १ जना र नेपाल प्रहरी अस्पतालमा गरिएको परीक्षणमा काठमाडौका २१ जना कोरोना संक्रमित थपिएका छन् ।
स्टार अस्पताल सानेपामा काठमाडौका ६ जना र ललितपुरका २ जना कोरोना संक्रमित थपिएका छन् ।
हालसम्म ३ लाख ५२ हजार ३०७ जनाको परीक्षण भइसकेकोमा बितेको २४ घण्टामा ५ हजार ३२ जनाको पिसिआर परीक्षण गरिएको छ । त्यस्तै कोरोना संक्रमणको कारण थप १ जनाको ज्यान गएको मन्त्रालयले जनाएको छ । यो सँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४९ पुगेको छ ।
साथै, विगत २४ घण्टामा विभिन्न नाका भएर काठमाडौं प्रवेश गर्ने ४ हजार ८ सय १३ जनाको नमुना संकलन समेत गरिएको गौतमले जानकारी दिएका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking
तपाईको कमेन्ट लेख्नुहोस्