Techie IT
  • २२ वैशाख २०८२, सोमबार
Sajha Hub

काठमाण्डौ उपत्यकामा ४५ सहित विहिबार थपिए २७४ नयाँ कोरोना संक्रमित, मृत्यु हुनेको संख्या ५२ पुग्यो


काठमाण्डौ

बितेको २४ घण्टामा काठमाडौंका ४१, भक्तपुर र ललितपुका २–२ जना गरि काठमाण्डौ उपत्यकामा मात्रै ४५ सहित देशै भर थप २७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बिहीबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थप २७४ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएका छन् ।

गौतमका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ३ सय ४ जनाको पिसिआर परीक्षण गरिएको छ । हालसम्म ३ लाख ६४ हजार ६ सय ४८ जनाको पिसिआर परीक्षण भएको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना निको भएर २२७ जना डिस्चार्ज भए सँगैे निको हुनेको कुल संख्या १४ हजार २४८ पुगेको छ ।

साथै, मोरङका ४५ बर्षिय १ पुरुष र पर्साका ७० र ६८ बर्षीय पुरुषहरुको मृत्यु भएको र उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन् ।
यो सँगै कोरोना संक्रमण बाट मृत्यु हुनेको संख्या ५२ पु्गेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्