अन्तर जिल्ला आवागमन पुर्णरुपमा बन्द, उपत्यका छिर्ने नाकाहरुबाट संकलित स्वाबमा २४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाण्डौ
सरकारले कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि अन्तर जिल्ला आवागमन पूर्णरुपमा बन्द गरेको छ ।
काठमाडौं प्रवेश गर्ने नाकामा संकलन गरिएको स्वाब परीक्षण गर्दा २४ जनामा कोरोना संक्रमण पुष्टि भए पछि गृहमन्त्रालयले विहिबार एक विज्ञप्ति जारी गरेर अन्तर जिल्ला आवागमन पूर्णरुपमा बन्द गर्न गराउन सबै सुरक्षा निकाय र सबै जिल्ला प्रशासन कार्यालयहरुमा विशेष निर्देशन दिएको गृहमन्त्रालयका सह प्रवक्ता उमाकान्त अधिकारीले जानकारी दिएका छन् ।
मन्त्रालयले काठमाडौं उपत्यका प्रवेश नाकामा कोभिड-१९ सम्बन्धी चेकजाँच गर्दा ठूलो संख्यामा यात्रुहरुमा कोरोना पोजेटिभ फेला परेको भन्दै नाकाहरुको आवागमनमा पूर्ण निगरानी राख्न र अर्को आदेश नभएसम्म अत्यावश्यक सेवा र ढुवानी बाहेक बिहिबार नै देखि लागू हुनेगरी हरेक दिन बेलुकी ७ बजेदेखि बिहान ७ बजेसम्म काठमाडौं उपत्यका प्रवेश नाकामा यात्रुको आवागन पूर्णरुपमा बन्द गर्न गराउन मातहतका निकायलाई निर्देशन दिएको छ ।
काठमाडौं प्रवेश गर्ने नाकामा संकलन गरिएको स्वाब परीक्षण गर्दा २४ जनामा कोरोना संक्रमण पुष्टि भए पछि उपत्यका प्रवेशमा आवागमनमा कडाई गरिएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नागढुंगा, फर्पिङ र साँगा नाकामा केही दिनयता संकलन गरिएको ३ हजार ४७३ स्वाब परीक्षण गर्दा २४ जनामा संक्रमण पुष्टि भएको हो ।
सरकारले केही दिनयता काठमाडौं प्रवेशविन्दुमै स्वाब संकलन गर्दै आएको थियो । नागढुंगामा ४ हजार ७१०, फर्पिङमा १ हजार २८२ र साँगामा २ हजार ४०९ जनाको स्वाब संकलन गरिएको थियो ।
नागढुंगामा संकलितमध्ये २ हजार ३०२ को परीक्षण गर्दा ३ जना, फर्पिङमा संकलित ७४१ को परीक्षण गर्दा १० जना र साँगामा संकलित ४३० जनाको परीक्षण गर्दा ११ जनामा संक्रमण पुष्टि भएको हो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking
तपाईको कमेन्ट लेख्नुहोस्