काठमाण्डौ उपत्यकामा ३८ सहित थप २२४ जनामा कोरोना संक्रमण पुष्टि, थप ४ जनाको मृत्यु

काठमाडौं
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३८ जना सहित देशैभर नयाँ २२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
काठमाडौंमा ३२, ललितपुरमा ५ जना र भक्तपुरमा १ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
देशभरका प्रयोगशालामा नेपालमा २४ घण्टामा गरिएको अहिलेसम्मकै सबैभन्दा धेरै परीक्षण १० हजार ७८६ नमुना परीक्षण गर्दा २२४ जनामा कोरोना संक्रमिण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पर्सामा ४१ जना, काठमाडौंका ३२, बझाङका २५, कञ्चनपुरका १८, दार्चुलाका १६, कैलाली १५, मोरङका १५ जना, झापाका १३ र बैतडीका १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै बाराका ४ जना, रौतहट, कास्की, दाङ र डोटीका ३ र ३ जना, नुवाकोट, नवलपुर, म्याग्दी, गुल्मी र दैलेखका २ र २ जना तथा भक्तपुर, मकवानपुर, धनुषा, सर्लाही सप्तरी, तनहुँ, रुपन्देही र बाँकेका १र १ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भएको छ । उनीहरुमध्ये ३ जनाको वीरगञ्जमा र १ जनाको पाटन अस्पतालमा मृत्यु भएको हो । मृतक सबै वीरगञ्जका रहेका छन् । यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५६ पुगेको छ ।
नेपालमा संक्रमितको कुल संख्या भने १९ हजार ७७१ पुगेको छ । उनीहरुमध्ये १४ हजार ३९९ निको भइसकेका छन् भने ५ हजार ३१६ जना आइसोलेसनमा रहेको मन्त्रालयले जानकारी दिएकोक छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking
तपाईको कमेन्ट लेख्नुहोस्