बाढिपहिरो पिडितका लागि नेपाल मगर संघ इजरायलद्धारा ४ लाख १२ हजार राहत वितरण

इजरायल संवाददाता, साझा हव
इजरायल
इजरायलमा क्रियाशिल नेपाल मगर संघ शाखा इजरायलले बाढी पहिरोबाट पिडितहरुलाई रु. ४ लाख १२ हजार रुपैँया सहयोग वितरण गरेको छ ।
मनसुन सुरु भए यता नेपालका विभिन्न ठाउँहरुमा आएको बाढि पहिरोको कारण हुन पुगेको ठुलो धनजनको क्षति पछि नेपाल मगर संघ शाखा इजरायलले आफ्नो सातौ बार्षिकोत्सव तथा चौथो अधिवेशन मनाउदै गर्दा देशका विभिन्न ठाउँहरुमा अविरल बर्षाका कारण धनजनको ठूलो क्षति भैरहेको खबरले आफुहरुलाई विक्षिप्त बनाएकोले बाढिपहिरो पिडितहरुका लागि सानो राहत स्वरुप भन्दै उक्त रकम वितरण गरेको हो ।
संघले निवर्तमान अध्यक्ष लिला थापा मगरको समितिले गरेको निर्णयलाई सदर गर्दै बाढी पहिरोबाट बढी प्रभावित भएको क्षेत्रलाई सहयोग गर्ने प्रतिबद्धता सहित बाढिपहिरोले धनजनको ठूलो क्षति गराएको ठाउँ म्याग्दीको केही गाउँ र बाग्लुङ क्षेत्रलाई पहिचान गरेर सहयोग संकलन अभियान सञ्चालन गरेको थियो ।
उक्त अभियानको लागी नेपाल मगर संघ शाखा इजरायलको कोषबाट रु १ लाख प्रदान गरेको थियो भने अन्य विभिन्न सहयोगीहरु बाट रु. ३ लाख १२ हजार रुपैयाँ संकलन भएको थियो ।
जुन संकलित एकमुष्ट रकम ४ लाख १२ हजारबाट बाग्लुङ र म्याग्दीका बाढि पहिरो प्रभावित क्षेत्रका पिडितहरुलाई वितरण गरिएको हो ।
पाल मगर संघ शाखा इजरायलबाट बाग्लुङको काठेखोला गाउँ पालिका ४ का बाढिपिडितहरुको लागि छुट्टाईएको रकम रु. ७० हजार राहत सहयोग रकम बाढिपहिरोका कारण मृतकको परिवार तोप बहादुर पुन मगर त्यस्तै विस्थापित परिवारहरु चन्द्र बहादुर पुन मगर, भिम बहादुर पुन मगर र देबेन्द्र पुन मगरलाई हस्तान्तरण गरिएको हो ।
त्यसैगरी आदिवासी जनजाती युवा महासंघ बाग्लुङको तर्फबाट पनि पहिरो बाढिपहिरो पिडित परिवारका छोरिहरु जेनिशा र आयुष्मा मगरलाई रु. ५ हजार ५ सय राहत सहयोग रकम प्रदान गरेको थियो । भने नेपाल मगर संघ शाखा इजरायलका अन्य पदाधिकारीहरु नारायण पुन मगर, तारा काउचा मगर र धनु काउचा मगरले व्यक्तिगत रुपमा रु. ५५ हजार पिडित परिवारलाई यस आगाडि नै हस्तान्तरण गरिसकेको थियो ।
त्यसैगरी म्याग्दिको मराङ र बिम गाउँको राहतको लागि छुट्टाईएको सहयोग रकम रु ३ लाख ४२ हजार रुपैयाँ राहत सहयोग रकम भने म्याग्दी पुग्न सक्ने वातारण बनेपछि संघका निवर्तमान कोषाध्यक्ष चित्र जुग्जाली मगरको रोहवरमा पिडितहरु समक्ष वितरण गरिने जानकारी संघले दिएको छ ।
साथै, बाढिपहिरो पिडितहरुको लागि राहत स्वरुप सहयोग रकम संकलनमा सहयोग गर्नुहुने प्रति नेपाल मगर संघ शाखा इजरायले धन्यवाद व्यक्त गरेको छ ।
बाढि पहिरो पिडितहरुको लागि राहत संकलन र वितरण सँगै अब संघले मगर मातृभाषा कक्षा संचालनको लागि पनि केहि सहयोग गर्ने संघका नवनिर्वाचित अध्यक्ष मन मास्की राना मगरले बताएका छन् ।
क्याटेगोरी : अन्तरास्ट्रिय, समाचार
ट्याग : #breaking
तपाईको कमेन्ट लेख्नुहोस्