देशभर मनसुनी वायुको प्रभाव कायमै, शनिवार देशका केहि स्थानमा भारी बर्षाको सम्भावना

काठमाण्डौ
शनिबार देशका केहि स्थानमा भारी बर्षा हुने सम्भवना रहेको छ ।
देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको र नेपालको पुर्वी तराईको भू–भाग नजिक मनसुनी न्युन चापीय रेखा अवस्थित छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार शनिबार प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको हो । बाँकी स्थानमा सामान्य बदली रही धेरै स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको विभागले पुर्वानुमान गरेको छ ।
भारी वर्षाको सम्भावना रहेका क्षेत्रका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking
तपाईको कमेन्ट लेख्नुहोस्