Techie IT
  • २२ वैशाख २०८२, सोमबार
Sajha Hub

शनिवार ३१५ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २० हजार नाघ्यो


काठमाडौं ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा ६ हजार ९९३ नमुना परीक्षण गर्दा थप ३१५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या २० हजार नाघेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै कैलालीमा ९८ जना संक्रमित भेटिएका छन् । यस्तै बझाङका ६८ जना, पर्साका ६६ जना, अछामका २८ जना, इलामका २२ जना, कञ्चनपुरका ९ जना र सप्तरीका ७ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

काठमाडौं र सिराहाका ५र५ जना, झापा, मोरङ, रामेछाप र रुपन्देहीका २र२ जना तथा सुनसरी, उदयपुर, बारा, रौतहट, काभ्रे, भक्तपुर, कास्की र सल्यानका एकएक जनामा संक्रमण पुष्टि भएको छ ।यससँगै कुल संक्रमितको संख्या २० हजार ८६ पुगेको छ ।

उनीहरुमध्ये ५६ जनाको मृत्यु भएको छ भने १४ हजार ४९२ जना निको भएका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्