काठमाण्डौ उपत्यकामा ५१ जना सहित पछिल्लो २४ घण्टामा थपिए ४ सय १४ जना कोरोना संक्रमित

काठमाडौं
उपत्यकामा ५१ जना सहित पछिल्लो २४ घन्टामा ४ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न जिल्लामा थपिएका ४ सय १८ जनासहित देशभर संक्रमितको संख्या २० हजार ७ सय ५० पुगेको छ ।
उपत्यकामा ५१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरमा पछिल्लो २४ घन्टामा ५१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
काठमाण्डौ उपत्यकाको काठमाडौंमा ४३ जना, भक्तपुरमा ५ जना र ललितपुरमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएकोे हो ।
संक्रमितमध्ये १४ हजार ९ सय ६१ जना उपचारपछि घर फर्किएका छन् भने ५७ जनाको ज्यान गएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले नेपालको तराईका जिल्लाहरुमा संक्रमण बढेकोले नियन्त्रणलाई जोड दिन र सिमाबाट नेपाल भित्रिनेहरुलाई अनिवार्य क्वारेन्टाईनमा राख्न आग्र्रह गरेका छन् । त्यस्तै, कोरोनाको जोखिम उत्तिकै रहेकाले ६० बर्ष माथिका बृद्धबृद्धा र १२ बर्ष भन्दा मुनीका बालबालिकाहरुलाई समेत बाहिर ननिस्कन जोड दिएका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking
तपाईको कमेन्ट लेख्नुहोस्