Techie IT
  • २२ वैशाख २०८२, सोमबार
Sajha Hub

काठमाण्डौ उपत्यकामा ६२ सहित पछिल्लो २४ घण्टामा थपिए २५९ जना कोरोना संक्रमित


काठमाडौं ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाका ६२ जना सहित देशैभरि २५९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा सबैभन्दा धेरै ४८ जना सहित भक्तपुरमा १३ र ललितपुरका १ जना गरि काठमाण्डौ उपत्यकामा ६२ सहित २५९ जनामा थप संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, सर्लाहीका २६, मोरङका २३, कैलालीका २२, महोत्तरीमा १५, भक्तपुर र धनुषाका १३/१३ जना, सुनसरीका १२, अछाम र बाँकेका १ /१, रुपन्देहीका ९, झापाका ८, सप्तरी र बाराका ७/७ जना र रौतहटका ६ जनालाई कोरोना संक्रमण भएको छ ।

गुल्मीका ५, सल्यानका ३, इलाम, सिरहा, कपिलवस्तु र कास्कीका २/२ जना तथा ललितपुर, धनुषा, बझाङ, पर्सा, तनहुँ, चितवन, लमजुङ र पर्वतका १/१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालाहरुमा ७ हजार ६८७ नमुना परीक्षण गर्दा उक्त संक्रमण पुष्टि भएको हो ।

नयाँ संक्रमित थपिए सँगै देशभर कुल संक्रमितको संख्या २१ हजार ९ पुगेको छ । उनीहरु मध्ये १५ हजार २० जना संक्रमण मुक्त भएका छन् ।

संक्रमितहरुमध्ये ५८ जनाको मृत्यु भएको छ । १९ गते मात्र मोरङका एक पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ताले जानकारी दिएका छन् । काठमाण्डौ उपत्यका प्रवेश गर्ने विभिन्न नाकाबाट भित्रिएकाहरुको स्वाव संकलन गर्दा नागढुंगा नाकाबाट १६ जना, सांगा नाकाबाट १३ र फर्पिङ नाकाबाट भित्रने मध्येबाट ११ जनामा संक्रमण पुष्टि भएको समेत प्रवक्ता गौतमले जानकारी दिएका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्