Techie IT
  • २२ वैशाख २०८२, सोमबार
Sajha Hub

साउदीमा २३ नेपाली अलपत्र, उद्धारको पर्खाइमा


साउदी अरब

नौ महिना अघि साउदी अरब पुगेका २३ जना नेपाली कामदार अलपत्र परि उद्धारको पर्खाइमा रहेका छन् ।

काठमाडौँको भीमसेनगोलास्थित गोल्डेन इगल मेनपावर मार्फत नेपालबाट साउदी पुगेका उनीहरू विगत ४ महिनादेखि अलपत्र अवस्थामा पुगेका हुन् ।

कम्पनी बन्द भएपछि अलपत्र अवस्थामा पुगेको पीडित दोलखाका भीमकुमार थामीले बताएका छन् । आफुहरु मेनपावर कम्पनीलाई जनही १ लाख २० हजार रुपैयाँ तिरेर साउदीको असासात अल शमाल कंस्ट्रकटिङ कम्पनी भनेर साउदी पुगको तर साउदी आइपुगेपछि नास ट्रस्ट स्काफोलडिङ कम्पनीमा काम गर्न लगाएको थियो । जेनतेन काम गरेर खाने खर्च मात्रै भएपनि कम्पनीले दिदैँ आएको तर कम्पनी नै बन्द भएपछि आफुहरु विचल्लीमा परेको थामीले बताए ।

उनले सरकारले तोकेभन्दा बढी पैसा मेनपावर कम्पनीले लिएको भन्दै आफूहरुले पहिले सोध्दा राम्रो काम र राम्रो तलब हुने भएकाले बढी लाग्ने भनेपछि सबैले १ लाख २० हजार रुपैयाँ तिरेको र विश्वासका आधारमा काम गर्नुपर्छ भनेपछि आफुहरु सोहि विश्वासमा परेको तर मेनपावरले धोका दिएको बताएका छन् ।

कम्पनी बन्द भएपछि ४ महिनादेखि न काम, न दाम भएर बस्नु परेको र कम्पनीमा कार्यरत कामदारले नेपालबाट आउँदा तोकिएको तलबलगायत अन्य कुनै पनि सेवासुविधा नपाएको गुनासो समेत गरेका छन् ।

समस्यामा परेपछि मेनपावरलाई खबर गरे पनि कुनै सुनुवाइ नभएको र आफुहरुको अवस्था झन झन जटिल बन्दै गएकोले आफुहरु उद्धारको पर्खाइमा रहेको पिडितहरुले बताएका छन् ।

अलपत्र उनीहरुको सहयोगका लागि हाल एनआरएनएले भूमिका खेलिरहेको छ । एनआरएनए मध्यपूर्व सहसंयोजक राजेन्द्र अर्यालका अनुसार पीडितहरु रहेको कम्पनीमा ३५ जना नेपाली बिना काम बिना तलब भएर बसेको पाइएको बताएका छन् र समस्या समाधान गर्न साउदीस्थित नेपाली दूतावाससँग पनि बारम्बार समन्वय गरिरहेको उनले जानकारी दिएका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्