Techie IT
  • २२ वैशाख २०८२, सोमबार
Sajha Hub

काठमाण्डौ उपत्यकामा एकैदिनमा आज सम्मकै उच्च सहित बिहिबार थपिए ३६० कोरोना संक्रमित


काठमाण्डौ

काठमाण्डौ उपत्यकामा एकै दिन संक्रमित आज सम्मकै धेरै ८६ जना सहित पछिल्लो २४ घण्टामा ३६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ३६० संक्रमित थपिएका हुन् ।

नयाँ संक्रमित पुष्टि भएसँगै देशभर सक्रिय संक्रमितको संख्या ६ हजार २९६ रहेको छ ।

जसमध्ये प्रदेश १ मा ३५८, प्रदेश २ मा २ हजार ६९३, वागमती प्रदेशमा ८३५, गण्डकी प्रदेशमा २८०, प्रदेश ५ मा ३७७, कर्णाली प्रदेशमा २६३ र सुदूरपश्चिममा १ हजार ४९० सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै, बिहीबार काठमाडौं उपत्यकामा अहिलेसम्मकै धेरैमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा उपत्यकामा ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । थपिएका संक्रमितमध्ये काठमाडौंका ७५, ललितपुरका १० जना र भक्तपुरका १ जना छन् । बुधबार उपत्यकामा ६२ जना संक्रमित थपिएका थिए ।

पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पतालबाट २३३ जना डिस्चार्ज भएका छन् । यो सँगै हालसम्म १५ हजार ३९९ जना डिस्चार्ज भएका छन् ।

पछिल्लो २४ घण्टामा ६ हजार ६२२ जनाको पीसीआर परीक्षण गरिएको थियो ।

हालसम्म देशभरका क्वारेन्टिनमा ९ हजार ४७० मानिसहरु रहेका छन् ।

अहिलेसम्म कोरोनाका कारण ६५ जनाको मृत्यु भएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्