Techie IT
  • २२ वैशाख २०८२, सोमबार
Sajha Hub

काठमाडौं उपत्यकामा मात्रै १०६ जना सहित देशैभर थपिए ४६४ जना कोरोना संक्रमित


काठमाण्डौ

पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा मात्रै १०६ जना सहित देशैभर ४६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार थपिने संक्रमितहरु मध्ये सबैभन्दा धेरै पर्साका १३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै काठमाडौंका ८८, मोरङका ६४, बाँकेका २९, सप्तरीका २९, कैलालीका १८, बर्दियाका १५, सर्लाहीका १२, धनुषा र कास्कीका ११र११, ललितपुरका १० र बाराका ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यसैगरि नुवाकोटका ८, रौतहटका ५, भक्तपुर, नवलपरासी र कालीकोटका ४र४ जना, झापा र तनहुँका २र२ तथा सुनसरी, सिन्धुपाल्चोक, नवलपुर, गुल्मी, स्याङ्जा, अछाम, सुर्खेत, कञ्चनपुरका १र१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नयाँ संक्रमित थपिएसँगै प्रदेश १ मा ४२५, प्रदेश २ मा २ हजार ८३९, वागमती प्रदेशमा ९४३, गण्डकी प्रदेशमा २७६, प्रदेश ५ मा २७६, कर्णाली प्रदेशमा २३१ र सुदूरपश्चिममा १ हजार २४० सक्रिय संक्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पतालबाट ४२५ जना डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म १५ हजार ८१४ जना डिस्चार्ज भएका छन् ।

पछिल्लो २४ घण्टामा ७ हजार ९२६ जनाको पीसीआर परीक्षण गरिएको थियो । हालसम्म देशभरका क्वारेन्टिनमा १० हजार २०७ मानिसहरु रहेका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्